काठमाडौँ : नेपाल प्रहरीका ४ जना डेपुटी इन्स्पेक्टर जनरल (डीआईजी)हरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
आइतवार बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
त्यसैगरी दोस्रो नम्बरमा उमाप्रसाद चतुर्वेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको सिफारिसपछि अब मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्