असोज १७ पछिको विपदमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

असोज १७ पछिको विपदमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

 

काठमाण्डौ – गएको असोज १७ गतेपछिको मनसुनी विपदमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजोसम्ममा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको जनाएको छ

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ ।

यस्तै, पाँचथर र काभ्रेमा एक–एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् । बाढीबाट ज्यान गुमाउने ११ जनामध्ये उदयपुर र धनुषामा दुई–दुई तथा इलाम, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक–एक जना रहेका छन् । प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका पनि जानकारी दिनुभयो ।

यस्तै, मनसुनी विपद्मा परेर ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ । प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल शुरु भइसकेको जनाएको छ । मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएका छन् ।

प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij