काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको हो ।
छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल जारी राखेका छन् ।
राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सारियोराष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीत लनिवास बोलाइएको थियो । शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए ।
प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्