रेडक्रस रुपन्देही र सिद्धार्थनगरका सहकारी संस्थाहरुबीच अन्तरक्रिया

रेडक्रस रुपन्देही र सिद्धार्थनगरका सहकारी संस्थाहरुबीच अन्तरक्रिया

भैरहवा- नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले सिद्धार्थनगर नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग शनिबार भैरहवामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । रुपन्देहीमा रगतको संकलन, आपूर्ति तथा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यक्रम आयोजना गरिएको रेडक्रस रुपन्देहीले जनाएको छ ।

रेडक्रस रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमको उद्देश्यमाथि जिल्ला उपसभापति तथा रक्त सञ्चार सेवा समिति, रुपन्देहीका संयोजक सुशील गुरुङ्गले प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा सामाजिक दायित्व बहनमा सहकारी संस्थाको ठूलो योगदान रहेकाले रक्तदाता शिक्षा र रक्तदान कार्यक्रममा सहकारी संस्थाहरुलाई पनि साथ लिइ प्रभावकारी बनाउनपर्ने, सहकारी संस्थाको वार्षिक क्यालेण्डर नै निर्माण गरी प्रत्येक सहकारीले रक्तदान कार्यक्रम नियमित रुपमा आयोजना गर्ने, रेडक्रस र सहकारीहरुबीच सहकारी सञ्जालले समन्वय र सहयोग गर्ने विषयमा वक्ताहरुले आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष तथा मयुर बचत तथा ऋण सहकारीका अध्यक्ष थानेश्वर पौडेल, अविरल बचत तथा ऋण सहकारीका अध्यक्ष कविराम भट्टराई, स्वस्तिक महिला बचत तथा ऋण सहकारीका अध्यक्ष लता पोखरेल, लुम्बिनी बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्र बहादुर थापा, लुम्बिनी कृषि सहकारी संस्थाका अध्यक्ष तेजेन्द्र यादव, शिखर बचत तथा ऋण सहकारीका सचिव विजय जिसी, सुरिलो कृषि सहकारीका सचिव धर्मराज शर्मा, अभिरुची सहकारीका कोषाध्यक्ष निराजन पोखरेल, प्रबद्र्धन सहकारीका श्रीराम घिमिरे, अंकुर सहकारीका व्यवस्थापक विमला घिमिरे, रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचन, कोषाध्यक्ष अर्जुनराज उपाध्याय, राम प्रसाद सापकोटा, कर्मचारी लगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन रेडक्रस जिल्ला सदस्य राकेश गुरुङ्गले गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, असोज २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij