काठमाण्डाै – नेपाली कांग्रेसका २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । देशभरबाट सङ्कलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनुभएको हो ।
बहस्ताक्षर बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता घिमिरेले १४औं महाधिवेशनका कुल प्रतिनिधि सङ्ख्याको झन्डै ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिनुभयो ।
कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।
नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताउनुभयो । नियमित महाधिवेशनको प्रक्रिया नै शुरू नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाउनुपरेको उहाँको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनमा आफूले नेतृत्व दाबी नगर्ने घोषणासहित खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।
प्रकाशित मिति : बुधबार, असोज २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्