इजरायलले विपिन जोशीलाई आइतबार अन्तिम बिदाई दिने

इजरायलले विपिन जोशीलाई आइतबार अन्तिम बिदाई दिने

 

काठमाडौँ । इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आइतबार अन्तिम बिदाई गर्ने भएको छ ।

बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे ९ बजे आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा बिदाई गर्ने जानकारी दिएको छ ।

फोरमले भनेको छ- ‘इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा शोक मनाउँदै गहिरो शोकमा शिर झुकाउनेछन् । इजरायलमा कृषि अध्ययन गर्न मन पराउने यस विद्यार्थीलाई उनको नेपाल फर्कने अन्तिम यात्रामा साथ दिन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जनता र मिडियालाई आमन्त्रित गरिएको छ ।’

साथै इजरायल सरकारले स्थानीय समय अनुसार बिहान बिहान १० बजे विपिनको सम्मानमा राज्यस्तरीय स्मृति समारोह आयोजना हुने फोरमले जनाएको छ ।

२०२४ को अक्टोबर ७ मा हमासबाट अपहरित विपिनको शव असोज २७ गते राति इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । साथै इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij