निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक : प्रधानमन्त्री कार्की

निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक : प्रधानमन्त्री कार्की

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेकी छन्।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र राजनीतिक वातावरणबारे विस्तृत समीक्षा गरिएको थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ शान्ति, सुरक्षा र निर्विघ्न निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी रहेको जानकारी गराएका छन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक तहबाटै निर्वाचनमैत्री वातावरण बनाउन पहल भइरहेको र दलहरूसँग संवाद सुरु भएको बताइन्। उनले सहज राजनीतिक निकास र लोकतान्त्रिक अभ्यास सुदृढीकरणका लागि निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको उल्लेख गरेकी छन्।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij