किसानलाई पराल नबाली गौशालालाई दिन बुटवल उपमहानगरको आग्रह

किसानलाई पराल नबाली गौशालालाई दिन बुटवल उपमहानगरको आग्रह

रुपन्देही – बुटवल उपमहानगरपालिकाले किसानहरूलाई धान बाली स्याहारेपछि पराल नजलाउन आग्रह गरेको छ। पराल जलाउँदा वातावरणमा प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले उपमहानगरले यस्तो अपिल जारी गरेको हो।

नगरप्रमुख खेलराज पाण्डेयले किसानहरूलाई खेर जाने परालजन्य वस्तुहरू बुटवलकै नन्दिनी गौशालामा गाईबस्तुको आहारका लागि उपलब्ध गराउन अनुरोध गरेका छन्। पछिल्लो समय तराईका विभिन्न ठाउँमा धान स्याहारेपछि किसानहरूले खेतमै पराल जलाउने गरेको पाइएको छ।

उपमहानगरपालिकाले बुटवल-७, शिवनगर जङ्गलमा रहेको उक्त गौशालामा छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ। उपमहानगरले पराल उपलब्ध गराउन चाहने किसानका लागि ढुवानीको व्यवस्थापन समेत आफैँले गर्ने जनाएको छ।

khe

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij