राष्ट्रिय जेनजी पार्टीले दियो दल दर्ताको निवेदन

राष्ट्रिय जेनजी पार्टीले दियो दल दर्ताको निवेदन

काठमाडौं – दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । यो पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ ।

पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ । युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।

दलको विधानमा कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने भनिएको छ ।

पार्टीको संघीय कार्यालय अनामनगर काठमाडौंमा रहेको रहेको उल्लेख छ । पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् ।

अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij