प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूसँल छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूसँल छलफल गर्दै

काठमाडौं , प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल गर्दैछिन्। मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दललाई बोलाइएको छ।

प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी हुँदैछन्। कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा। प्रकाशशरण महत सहभागी हुँदैछन्।

यस्तै, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् भने रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने बताइएको छ।

यस्तै, राप्रपाबाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ जाने भएका छन्।

प्रधानमन्त्री कार्कीको उपस्थितिमा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूसँग छलफल गरिसकेका छन्।

 

प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij