JanataToday.com

Advertisment

SKIP THIS

नेपालले आज तुर्किमिनिस्तान संग खेल्ने

नेपालले आज तुर्किमिनिस्तान संग खेल्ने

काठमाडौं , बंगलादेशमा आजदेखि सेन्ट्रल एसियन भलिबल संघ काभा नेसन्स कप सुरु हुँदैछ।

अक्टोबर २२ देखि २८ सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले तुर्किमिनिस्तानसँग खेल्नेछ। खेल विहान १० बजे सुरु हुनेछ।

अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। त्यसको एक दिनपछि माल्दिभ्ससँग खेल्ने तालिका छ।

मुख्य प्रशिक्षक भरत यादवको नेतृत्वमा टोलीको कप्तानी हरिहजुर थापाले गर्नेछन्।

आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरलाई एनभिएले गत शुक्रबार दोस्रो पटक कप्तानमा नियुक्त गरेको थियो।

दुई वर्षअघि पहिलो पटक देशको कप्तानी गर्ने अवसर पाएका हरिहजुर अनुशासनहीन काम गरेपछि एक महिनामै निलम्बनमा परेका थिए।

हरिहजुरपछि गत वर्षको कार्तिकमा टोलीको कप्तानमा आर्मीकै मानबहादुर शाही नियुक्त भएका थिए। तर, उनी भविष्यको सुनिश्चितका लागि अस्ट्रेलिया पलायन भए। त्यसयता टोली कप्तानविहीन थियो।

राउन्ड रोविन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ। त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्नेछ।

प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij