आज र भोलि मौसम सफा : सोमवारदेखि आंशिक बदलीको सम्भावना

आज र भोलि मौसम सफा : सोमवारदेखि आंशिक बदलीको सम्भावना

Screenshot

काठमाण्डौ – आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

पर्सि सोमवार बेलुकीदेखि भने मौसममा सामान्य बदली हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । सोमबार गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । त्यसपछिको मौसम कस्तो हुन्छ ? भन्नेबारे अध्ययन भैरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले मौसम विज्ञान विभागसँगको सहकार्यमा निकालेको पछिल्लो कृषि मौसम सल्लाह बुलेटिनका अनुसार यो हप्ताको मध्य र अन्त्यतिर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने उल्लेख छ । किसानलाई मौसमको अवस्था हेरेर धान भित्र्याउन सल्लाह दिइएको छ ।

बुलेटिनअनुसार आइतवार, सोमवार र मंगलवारलाई हप्ताको मध्य अनि बुधवार र बिहीवारलाई अन्त्य मानिन्छ । त्यसअनुसार यो अवधिमा देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij