नेपालगञज , बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारीमा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका राप्ती सोनारी ९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । शुक्रवार राति अबेर सम्म घाँस काटेर नफर्किएपछि शनिवार बिहानै देखि स्थानीय र प्रहरीसहितको टोलीले रिम्ना सामुदायिक वन क्षेत्रमा खोजी गर्दा बिहान करिब ७ बजेतिर सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा खत्रीको शव क्षेतबिच्छेद अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घाँस काटेर राखेको डोको र चप्पल एक स्थानमा, शरीर, टाउको तथा खट्टा छुट्टिएको अवस्थामा अलग अलग स्थानमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले खत्रीको मृत्यु बाघकै आक्रमणबाट भएको हुनसक्ने बताए । उनले भने, “घटनास्थलको अवस्था हेर्दा यो बाघकै आक्रमण हो भन्ने स्पष्ट देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्