काठमाडौं , मन्त्री नियुक्तिको लागि नाम सिफारिस भएसँगै विभिन्न विवादित प्रकरणहरू सार्वजनिक भएपछि खगेन्द्र सुनारको नाम सूचीबाट काटिएको छ। सुनारविरुद्ध अदालतको मानहानीदेखि तोडफोडसम्मका आरोपमा मुद्दा चलिरहेको खुलेपछि उनको चौतर्फी आलोचना भएको थियो।
साथै मन्त्री नियुक्तिका लागि तयार पारिएका अर्का एकजनाको पनि शपथ रोकिएको छ। भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै शपथ नहुने बताइएको छ। यससँगै अब आज दुई मन्त्रीको मात्रै शपथ हुने स्रोतले जानकारी दियो।
यसअघि खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठसहित सुधा शर्मा गौतम तथा बब्लु गुप्ताको नाम मन्त्री बन्ने सूचीमा थियो। सुनार र श्रेष्ठको नाम काटिएपछि गौतम र गुप्ताको मात्रै शपथ हुने भएको हो।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्