भैरहवामा एयर एसियाको पुनः उडान सुरु

भैरहवामा एयर एसियाको पुनः उडान सुरु

बुटवल – थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु  गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो।

थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले रातोपाटीलाई  जानकारी दिए ।

आज १७  जना यात्रु लिएको आएको विमानले जाँदा १६७  यात्रु लिएर जाने तयारी गरेको उनले बताए ।  आज लामो समयपछि फस्ट उडान भएका कारण आउँदा थोरै यात्रु आए पनि जाँदा धेरै भएको उनले बताए ।

थाइल्यान्डको बैंककबाट भैरहवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुल्ला गरेको थियो।  उडानका लागि टिकट बिक्री पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij