नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक पुनः आरम्भ गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । सोमबारको कार्यसम्पादन समितिको बैठकमा दुवै पक्षबीच महाधिवेशनको मितिलाई लिएर प्रारम्भिक सहमति बनेको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् भने संस्थापन पक्षले भने वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ

कांग्रेस स्रोतका अनुसार महामन्त्री थापाले आजको बैठकमा पुस मसान्तमा महाधिवेशन गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । उता, संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै त्यसको औचित्य र तयारीबारे विवरण पेश गर्ने भएको छ

दुवै पक्षका प्रस्ताव र औचित्यमा छलफल गरेपछि महाधिवेशनको मिति र कार्यतालिका टुंग्याउने प्रक्रिया अघि बढाइने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij