बुटवलमा मिथिलावासीले ‘सामा–चकेवा’ पर्व मनाए

बुटवलमा मिथिलावासीले ‘सामा–चकेवा’ पर्व मनाए

बुटवल । मैथिल महिला समाज नेपाल, रुपन्देहीको आयोजनामा तथा मैथिल समाज नेपाल, रुपन्देहीको सहयोगमा  ‘सामा–चकेवा’ सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ । मिथिला क्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेकाे सामा–चकेवा कार्यक्रममा मैथिली भाषा, संस्कृति र नारी सशक्तीकरणको सन्देश उजागर गरिएको थियो ।

सामा–चकेवाकाे  शुभारम्भ साँझको दियो बालेर र मिथिला गीतका साथमा गरिएको थियो । मैथिल महिला समाज रूपन्देहीकी सहसचिव कविता सिंहले स्वागत मन्तव्य राख्दै मैथिली भाषा र परम्पराको संरक्षणमा महिलाको भूमिकालाई जोड दिएकी थिइन् ।

प्रमुख अतिथि उदय कुमार सिंहले  ‘सामा–चकेवा’  मिथिला संस्कृति र भाइ–बहिनको स्नेहलाई जीवन्त राख्ने पर्व हो  रहेको बताउँदै  कार्यक्रमले समाजमा एकता, माया र परम्पराको भाव जगाउने बताए । कार्यक्रममा विशिष्ट अतिथि श्री हरिनारायण मिश्राले आजको सामा–चकेवा कार्यक्रममा जनकपुरकै झल्को आएकाे बताउँदै आफु जनकपुरमै बसेझैँ लागेको बताए ।

कार्यक्रममा बोल्दै  समाजका सम्मानित सदस्य द्वय अशोक कुमार ठाकुर र रामेश्वर मण्डलले दिदी–बहिनीको स्नेह र पवित्र सम्बन्धलाई यो पर्वले अझ सुदृढ बनाएको बताए । कार्यक्रममा समाजका सल्लाहकार प्रभात कुमार ठाकुर, अमरेन्द्र कुमार सिंह, विजयकुमार झा का साथै लेखा समिति, महिला समिति, युवा समिति र समाजका अन्य पदाधिकारी एवम् सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो  ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई मन्त्रमुग्ध पारे ।  महिलाहरूको सामूहिक नृत्यसँगै पारम्परिक सामा–चकेवा गीत गुञ्जिएकाे कार्यक्रममा स्थानीय कलाकारहरूले “सामा–चकेवाः बहिन–भाईक प्रेमक प्रतीक” शीर्षकमा नाट्य प्रस्तुति दिएका थिए ।

त्यस्तै  मिथिला फेशन शो मा सहभागी महिलाहरूले परम्परागत रातो–पहेलाे साडी, मखन–चुन्नी, पाग, पगड़ी सहित मिथिला पोसाक प्रदर्शन गरे । त्यस्तै  लोकगीत सामा–चकेवा खण्डमा महिलाहरूले मैथिली भाषामा महिला सशक्तीकरण, शिक्षा र समानताका सन्देशयुक्त गीतहरू प्रस्तुत गरेका थिए  ।

समाजले मिथिला संस्कृतिको सुन्दर झल्को दिँदै सामा–चकेवा पात्रहरूको प्रतीकात्मक परिक्रमा दुर्गा मन्दिरदेखि राधाकृष्ण मन्दिरसम्म गरेका थिए ।

दुर्गा मन्दिरको प्राङ्गण (मण्डप) सम्पूर्ण मिथिला सौन्दर्यले भरिएको थियो । मधुबनी चित्रकला, मिथिला पेन्टिङ, पारम्परिक ब्यानर र दीप सजावटले सम्पूर्ण वातावरणलाई रौनक बनाएको थियो । प्रवेशद्वारमा सामा–चकेवा पात्रहरूको आकर्षक मूर्तिले आगन्तुकलाई स्वागत गरेको थियो ।

सामा चकेवाकाे सम्पूर्ण कार्यक्रम मैथिली भाषामै सञ्चालन गरिएको थियो । जसले मिथिला भाषालाई अझै पनि संरक्षण गरिएकाे भान हुन्थ्याे ।  कार्यक्रममा महिला नेतृत्व र सहभागिता उल्लेखनीय थियो भने स्थानीय युवा र बालबालिकाले सांस्कृतिक प्रस्तुतिमा सक्रिय भूमिका खेलेका थिए ।

सामा-चकेवाकाे प्रस्तुतिहरूमा शिक्षा, समानता, सशक्तीकरण लगाएतका सामाजिक सन्देश सशक्त रूपमा प्रतिबिम्बित भएका थिए

मैथिल महिला समाज नेपाल रुपन्देही की कोशाध्यक्ष कार्यक्रमको मेनका साहले संयोजन गरेको उक्त कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदयकुमार सिंहको प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि (वडा सदस्य, वडा नं. ३) हरिनारायण मिश्रकाे विशिष्ट अतिथिका रूपमा उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा मिथिला संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक मेनका साहले सहभागी, सहयोगी संस्था र सम्पूर्ण आगन्तुकप्रति धन्यवाद ज्ञापन गर्दै  भनिन्– “हामी मैथिली भाषा र परम्पराको गर्वलाई निरन्तर जीवित राख्ने सङ्कल्पका साथ अघि बढिरहेका छौँ ।”

मैथिल महिला समाज नेपाल, रुपन्देहीले आयोजना गरेको सामा–चकेवा कार्यक्रम २०८२ ले मिथिला संस्कृति, नारी सशक्तीकरण र सामाजिक एकताको सन्देश प्रभावकारी रूपमा सम्प्रेषण गर्न सफल भएको आयोजकले जनाएका छन् ।

“जय जय मिथिला माता” भन्ने सामूहिक गायनका साथ समापन गरिएको  कार्यक्रमको सञ्चालन मैथिल समाज नेपाल रुपन्देहीका सचिव मनोज कुमार मण्डलले गरेका थिए

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij