काठमाण्डौ , निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ आरओपी जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानमा गरेको अन्तरक्रियामा आँखा रोग विशेषज्ञ इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानी हुनबाट बचाउन सकिने बताउनुभयो । डा प्रधानका अनुसार विश्वभर हरेक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ ।
डा प्रधानले नौ महिना नपुगी जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष एनआइसीयू मा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखामा यो समस्या हुन सक्ने जानकारी दिनुभयो ।
यसैगरी आँखा रोग विशेषज्ञ भिट्रो रेटिनल सर्जन डा रबा थापाले मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागेमा दृष्टिविहीन हुनबाट बचाउन सकिने बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्