काठमाडौँ — विद्युत् सर्टका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राति करिब चार घण्टापछि राति ९:३६ बजे पुनः खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ । धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएपछि प्राविधिक टोलीले शनिबार दिउँसो ३:३० बजे मर्मत कार्य सुरु गरेको थियो र राति ९:३६ बजे सम्पन्न भएको हो ।
विमानस्थल पुनः सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुनः सुरु भएका छन् ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्