रुपन्देही , जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी मूल्य २२ लाख ८८ हजार २ सय २८ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामान आइतबार आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी १ लाख २५ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शंकरनगरबााट भारतीय नम्बर प्लेटको कार पछाडी सिटमुनी लुकाइछिपाई बिलबिजक नभएको सामानहरु बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेलो रंगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाईलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।
त्यसै गरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काचो कपडा गरी ३ लाख २२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्