चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग दलहरुको आग्रह

चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग दलहरुको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे भएको छलफलमा निर्वाचन आयोगमा दर्ता भएका १२५ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत विभिन्न दलका नेताहरु। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाण्डौ – राजनीतिक दलका प्रतिनिधिहरूले चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा बोलाउनुभएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले चुनावका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस चुनावमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताउनुभयो । उहाँले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै चुनावका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गर्नुभयो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले चुनावका लागि अनुकूल वातावरण बनाउन नसकेको बताउनुभयो । उहाँले आन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा चुनावका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा चुनाव केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै चुनावका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित चुनाव राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताउनुभएको छ । उहाँले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक चुनावी प्रक्रियामा सहभागिताका लागि आग्रह गर्नुभयो । चुनाव सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र नागरिकप्रतिको अटल राजनीतिक प्रतिबद्धता भएको बताउँदै उहाँले संवैधानिक अडानमा कुनै अलमल नभएको पनि बताउनुभयो ।

युवाको आक्रोशलाई सरकारले मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहेको बताउँदै प्रधानमन्त्री कार्कीले सडकको विद्रोहलाई नीति निर्माणको टेबलतर्फ डोर्याउन चाहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रूत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij