बुटवल, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बिहीबार बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । शान्ति समाजले विद्यालयलाइ शान्ति क्षेत्र घोषणा, बालबालिकालाई राजनीति दुरुपयोग र जुलुसमा सहभागी नगराउन, उनीहरुको उज्ज्वल भविष्यको लागि हिंसामुक्त समाज सुनिश्चित गर्न सबै संवेदनशील हुनुपर्नेमा जोड दिएको छ । साथै शिक्षा क्षेत्रमा हुने राजनीतिकरण अन्त्य हुनुपर्ने तथा शैक्षिक प्रतिष्ठानमा आगजनी र तोडफोड गर्नेलाइ दण्डित गर्नुपर्ने माग गरेको छ ।
प्रमुख वक्ता शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनालले समाजका सरोकारवाला क्षेत्रहरु अझै पनि बालबालिकामैत्री वातावरण हुन नसकेको चिन्ता व्यक्त गर्नुभयो । उहाँले अविलम्ब बालबालिकाको स्वास्थ्य, शिक्षा, उज्ज्वल भविष्य, क्षमता विकासको प्रबन्ध गर्नुपर्ने औल्याउनुभयो ।
समाजका केन्द्रिय सचिव डिपि खनालले बाल सुधार गृहमा अनुगमन गर्दा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । उच्च अदालत बुटवल इजलास बार एशोसिएसन अध्यक्ष गोबिन्द मरासिनीले बालबालिकाले कानूनी प्रबन्ध गरेको अधिकार अनिवार्य उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले दिगो लोकतन्त्रले मात्र बालबालिकाको अधिकार सुनिश्चित हुने बताउनुभयो । उहाँले व्यवसायिक र औद्योगिक वातावरणको लागि शान्ति पहिलो शर्त भएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले मानवअधिकार, स्वतन्त्रता र बालबालिकाको लागि शान्ति समाजको साथमा रहेको बताउनुभयो ।
शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपसभापति कृष्ण पाण्डे तथा सह–सचिव अर्जुन कुवरको सञ्चालनमा भएको कार्यक्रममा पूर्व सभापति, पूर्व पदाधिकारी, कार्यसमिति, आजीवन सदस्य, साधारण सदस्य, नागरिक अगुवा, अभियन्ता र सञ्चारकर्मीको उपस्थिति थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्