काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ।
अहिलेको राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेनजीले उठाएका मागलाई संस्थागत गर्न निर्वाचनको विकल्प नभएको कांग्रेसको निष्कर्ष छ।
राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको उक्त पार्टीले जनाएको छ।
कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रहसमेत गरेको छ।
आम नागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ।
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्