चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ ।

निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८ गतेसम्म निवेदनमाथि छानबिन गर्ने र २० गते दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । यसमध्ये १५ वटा नयाँ छन् । अझै २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका आयोगले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij