लुम्बिनी प्रदेश सभा सातौँ अधिवेशन : जेनजी आन्दोलनको विषय प्रवेश

लुम्बिनी प्रदेश सभा सातौँ अधिवेशन : जेनजी आन्दोलनको विषय प्रवेश

बुटवल – लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन सोमबारदेखि सुरु भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयले आजको बैठकमा प्रवेश पाएको छ। वर्षे अधिवेशन अन्त्य भएर करिब दुई महिनापछि बसेको हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो शुरु भएको थियो।

बैठकमा दलगत आधारमा प्रदेश सभा सदस्यहरूले जेनजी आन्दोलनबारे धारणा राखे।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आन्दोलनको उद्देश्य स्पष्ट नदेखिएको टिप्पणी गरे। उनको भनाइमा आन्दोलनको अन्तर्य केवल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने प्रयत्नजस्तै देखिएको छ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण घटना बिग्रिएको बताइन्। उनले अझै पनि सडकमा त्रासको वातावरण रहेको उल्लेख गर्दै शान्तिपूर्ण अवस्था बनाउन सबैलाई आग्रह गरिन्।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताए। उत्पन्न अवस्थाका कारण पहिचान गरी सबै दलले राष्ट्रियताका सवालमा जिम्मेवारी लिनुपर्ने धारणा उनले राखे।

बैठकमा प्रदेश सभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले पनि आ–आफ्ना धारणा प्रस्तुत गरे।

सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाए। ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र र छैटौँ अधिवेशनबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी जानकारी समावेश थिए।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij