काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले हराएको छ।
कीर्तिपुरस्थित अन्ताराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो। काठमाडौँका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन्।
यसअघि तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक रहेको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्