काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । त्यस अवधिमा चुनावमा भाग लिन चाहने दलको संख्या थपिने सम्भावना छ ।
आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दर्ता निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार आयोगले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि १–१० मंसिरसम्मको समय दल दर्ताका लागि दिएको छ ।
प्रतिनिधिसभा पुनः स्थापनको पक्षमा उभिँदै आएको एमालेले पनि मंगलबार निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको छ । यथास्थितिमै हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नहुने विचार राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनमा भाग लिने जनाएको छ । राप्रपाले पनि मंगलबार नै दल दर्ताको निवेदन दिएको हो ।
यसअघि कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, जसपा नेपाल, लोसपासहितका राजनीतिक दलहरू आयोगमा दर्ता भइसकेका छन् । त्यस्तै, आयोगमा दर्ता भएका नयाँ राजनीतिक दलहरुले पनि निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्