सरकार निर्वाचनका लागि गम्भिर ढंगले अगाडि बढेको छ : गृहमन्त्री अर्याल

सरकार निर्वाचनका लागि गम्भिर ढंगले अगाडि बढेको छ : गृहमन्त्री अर्याल

भैरहवा-गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ हुने निर्वाचनका लागि सरकार गम्भिर ढंगले अगाडि बढेको बताउनुभएको छ । गृहमन्त्री अर्यालले जेन–जी पुस्ताको आन्दोलनपश्चात उनीहरुको बलिदानको जगमा निर्मित सरकारको अर्जुनदृष्टि समयमै निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको बताउनुभयो ।

भैरहवामा सुरु लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार जतिसक्दो छिटो निर्वाचन गरेर नयाँ निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो ।
‘वर्तमान सरकार कसैको निगाहाबाट गठन नभई जेन–जी पुस्ताको आन्दोलनपछि विशिष्ट परिस्थितिमा गठन भएको सरकार हो, यसको पहिलो अभिभारा समयमै निर्वाचन सम्पन्न गर्ने हो । उहाँले भन्नुभयो–‘सरकार त्यसमा कटिबद्ध रहेको छ ।’

गृहमन्त्री अर्यालले विभिन्न बहाना देखाएर चुनाव हुँदैन कि भन्ने हल्ला चलाइएको उल्लेख गर्दै हल्लाको पछाडि निर्वाचनको तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले निर्वाचन पूरा गराउन रहेका चुनौतीको विश्लेषण, चुनाव सम्पन्न गर्न देखिएका चुनौती चिर्न आवश्यक रणनीति र तयारी पूरा गर्न लुम्बिनी प्रदेशबाट सुरक्षा बैठक सुरु गरिएको बताउनुभयो ।

तोकिएको समय भित्रै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न प्रदेशले पनि सुरक्षा योजना तयार गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ । सरकारले फरार कैदी र लुटिएका हतियार खोजी कार्यालयलाई तीव्र पारेको गृहमन्त्री अर्यालको भनाइ छ । उहाँका अनुसार लुम्बिनी प्रदेशमा अहिलेसम्म ७८ जना फरार व्यक्ति नियन्त्रणमा लिइएको छ ।

‘हतियार खोज्नका लागि सुरक्षा निकाय परिचालन गरेका छौं,’ उहाँले भन्नुभयो–यसका लागि प्रदेश सुरक्षा बैठकबाट थप प्रभावकारी योजना तयार गरिनेछ ।’ राजनीतिक दलहरुले जेन–जी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियारलाई ‘थ्रेट’का रुपमा प्रचार गरे पनि सरकारले त्यस्ता फरार व्यक्ति र हतियार नियन्त्रणमा क्रियाशीलता बढाएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij