JanataToday.com

Advertisment

SKIP THIS

पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत

पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले हराएको छ । पोखराले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेटायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २२ रन बनाए । पोखराका बिपिन खत्री, सागर ढकाल र म्याट टेलरले समान २ विकेट तथा जिम्मी निशमले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १ सय ५० रन बनायो । पोखराका एडम रोसिङ्टोनले ८१ रन बनाए । यस्तै जिम्मी निशमले अविजित ५१ रन बनाए ।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २ तथा गुल्बादिन नइबले १ विकेट लिए ।

यो जीतसँगै लुम्बिनी २ स्थान उक्लिँदै ४ अङ्कसहित पाँचौ स्थानमा पुगेको छ । हारसँगै पोखरा तालिकाको सातौं स्थानमा झरेको छ ।

यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : शनिबार, मंसिर १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij