मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने

मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने

काठमाण्डाै – निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आउँदाे शुक्रवार मङ्सिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन दिन आग्रह गरेको हो । यस्तै आयोगले यदि कसैले झुटा विवरण दिइ नामावलीमा नाम दर्ता गराएको भएमा २६ गतेसम्म नै सूचना एवम् उजुरी दिन अपिलसमेत गरेको छ । परिवार वा आफन्त कसैको निधन भएको भएमा मतदाता नामावलीबाट नाम हटाउन पनि २६ गतेसम्म नै निवेदन दिन सकिनेछ ।

आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि पनि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij