तिलोत्तमा , पुरक एशिया र चाँदनी नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले खाद्य सुरक्षाको लागि राज्य जिम्मेवार र नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले राज्यले खाद्य सुरक्षा सम्बन्धी ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्नु चिन्ताको विषय भएको बताएका छन् ।
चाँदनी नेपालको आयोजना र पुरक एसियाको सहयोगमा बुटवलमा मंगलबार सम्पन्न खाद्य सुरक्षा सम्बन्धी प्रादेशिक संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकको जीवनसँग जोडिएको अति संवेदनशिल विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्नु दुःख भएको बताए।
कार्यक्रममा चाँदनी नेपालले पुरक एसियाको सहयोगमा संचालन गरेको खाद्य सुरक्षा सम्बन्धी प्रदेशस्तरीय खोजमुलक समाचारको समेत समिक्षा गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, वन तथा वातावरण समितिका सभापति विश्वपे्रम पाठकले सरकारले खाद्य सुरक्षा सम्बन्धी ऐन निर्माण गरेता पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको स्वीकार गर्नुभयो ।
प्रदेशका पहाडी जिल्ला बसाइसराइका कारण रितिन लागेकाले प्रदेश सरकारले आवश्यक नीति बनाएर रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै किसानलाई अर्गानिक उत्पादनमा प्रेरित गर्ने गरे नीति बनाउने समेत बताउनुभयो । प्रदेशबाट खाद्य सुरक्षा सम्बन्धी खोजमूलक समाचारको माध्यमले नीति बनाउनका लागि सहयोगि हुने सभापति पाठकले बताउनुभयो ।
यस्तै पूर्व मन्त्री तथा एमालेका संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले खाद्य सुरक्षालाई संवैधानिक रुपमा सुनिश्चित गरेता पनि गरिबीका कारण कार्यान्वयनमा समस्या परेको बताउनुभयो । नागरिको जीवनसँग जोडिएकाले यसको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भगवती अधिकारी र जानका न्यौपानेले सबैको साथ र सहयोगमा मात्रै यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन सकिने बताउनुभयो। पुरक एसियाका कार्यकारी अधिकृत हरि शर्माले सार्वजनिक नीतिमा समवन्यन हुँदा कार्यान्वनमा समस्या सृजना हुने गरेको बताउनुभयो । खाद्य सुरक्षा नागरिकको जीवनसँग जोडिएको विषय भएकाले सबैसँग समवन्यगरि कार्यान्वयन गर्नु पर्ने बताउनु भयो।
कृषि निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले प्रदेश सरकारले रैथाने जातका बालिको अध्ययन गरि त्यसको संरक्षणका लागि पहल गरिरहेको बताउनुभयो । उहांले प्रदेशमा विषादीयुक्त स्वच्छ खाद्यान्यको उत्पादन कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिरहेता पनि प्राविधिको सिमित उपलब्धताले गर्दा केही कठिाई भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार शेरबहादुर केसी र माधव नेपालले खाद्य सुरक्षा सम्बन्धी फिचरको सम्पादन गर्दा फिचरमा उल्लेख भएका विषयहरुको बारेमा जानकारीका साथै खाद्य सुरक्षा मा संचार माध्यमको भूमिका का बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञप्रसाद पङगेनी, बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख शर्मिला कोइराला, उपभोक्ताहित संरक्षणका अध्यक्ष समुन्द्र जिसि, पत्रकार सुमन अधिकारी, गोपाल ज्ञावली लगायतले बोल्दै खाद्य सुरक्षाको कार्यान्वयनमा राज्य गम्भीर नभएको बताएका थिए ।
उक्त कार्यक्रममा प्रेमनारायण आचार्य, सुदिप भण्डारी, प्रकाश आचार्यले फिचर लेख्ने क्रममा भएका कठिनाईको बारेमा अभुवन राखेका थियो । कार्यक्रमा पुरक एसियाका कार्यक्रम निर्देशक सोम निरौलाले कार्यक्रम उद्धेश्य माथि प्रकाश पारेका थिए भने चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेयले सहजीकरण गरेका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्