JanataToday.com

Advertisment

SKIP THIS

काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा

काठमान्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा

काठमाण्डौ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै क्लालिफायरमा पुगेको हो । काठमान्डुले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ आभेर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

लुम्बिनीका डी आर्सी सर्टले ३३, सन्दीप जोराले २३ र कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए । काठमान्डुका सन्तोष यादवले २, सन्नी पटेल, शाहब आलम, र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अलआउट भयो । काठमान्डुका सन्तोष यादवले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३ विकेट लिए ।

इलिमिनेटरमा जितेको लुम्बिनीले फाइनल प्रवेशका लागि भोलि दिउँसो ४ बजे दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । आठ टोली सहभागी प्रतियोगितामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन् ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । दोस्रो संस्करणको एनपीएलको फाइनल आउँदो शनिवार हुनेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij