अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ – आज २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९० मा राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखमा यो दिवस मनाइन्छ ।

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आप्रवासी श्रमिकका अधिकार सुनिश्चित गर्न कानुनी सुधारको माग गर्दै आएका छन् । सरकारको ध्यानाकर्षण गराउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देश जाने प्रक्रियालाई आप्रवासन भनिन्छ । आप्रवासी गएको देशको कानुनअनुसार सेवा, सुविधा र सम्मान पाउनुपर्छ भन्ने सन्देश यो दिवसले दिने गरेको छ ।

सन् २००० देखि हरेक वर्ष यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपाली श्रमिकहरु खाडी देशहरु, मलेसिया, दक्षिण कोरिया, युरोप र अमेरिकामा काम गर्छन् । नेपालीहरू विश्वका झन्डै एक सय ९० देशमा पुगेका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकले दैनिक रूपमा श्रम शोषण, पारिश्रमिक नपाउने, स्वास्थ्य सेवा नपाउने जस्ता समस्या भोगिरहेका छन् । उनीहरुले पठाएको विप्रेषण देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij