एमालेको मतगणना शुरू

एमालेको मतगणना शुरू

काठमाडौँको भृकुटीमण्डपमा बुधबार नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन स्थलमा देखिएको चहलपहल ।तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना शुरू भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको थियो । केहीबेरअघि मतगणना शुरू भएको हो । दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक भैसक्ने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन् । पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij