JanataToday.com

Advertisment

SKIP THIS

धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशमा रहेको अयोध्या मन्दिरसम्म दौडिने

धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशमा रहेको अयोध्या मन्दिरसम्म दौडिने

काठमाण्डौ – धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशमा रहेको अयोध्या मन्दिरसम्म दौडिने भएका छन् ।

५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड शुरू गर्नेछन् । झन्डै ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । दौडको रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दैछन् ।

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा रहेको कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड शुरू गर्ने छन् । उनी त्यहीँका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैँले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग सङ्कलन गर्न दौडिन लागेको कार्कीले जानकारी गराए ।

कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँच पटक, काठमाण्डौदेखि दोलखा तीन पटक, काठमाण्डौदेखि बुटवल एक पटक, काठमाण्डौदेखि सिन्धुली तीन पटक र काठमाण्डौदेखि उत्तर प्रदेश एक पटक दौडेर पुगेका थिए । त्यस्तै उनले काठमाण्डौदेखि भारतको पश्चिम बङ्गाल हुँदै भूटानको सिमानासम्म दौडेका थिए ।

यस्तै २०६४ सालमा एक सय एक दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेको कार्कीको भनाइ छ ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij