काठमाडौँ , नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ ।
सोमबार बिहान आयोजित कार्यक्रममा सार्वजनिक ओहोदामा बसेको मान्छेको नैतिकता ठूलो कुरा भएको जिकिर गरे। उनले नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नहुने तर्क गरे।
‘सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ । सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन’, उनले भने, ‘ ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानविन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’
उनले आफू पदमा भएको भए त्यसको जिम्मेवारी आफूले लिने बताए।
प्रकाशित मिति : सोमबार, पुष ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्