दलित आन्दोलनको मर्मलाई उज्यालो नेपाल पार्टीले बोक्छ : क्रिप्टोलाई वैधता दिने कानुन ल्याउनु पर्छ – किरण बिक

दलित आन्दोलनको मर्मलाई उज्यालो नेपाल पार्टीले बोक्छ : क्रिप्टोलाई वैधता दिने कानुन ल्याउनु पर्छ – किरण बिक

रुपन्देहीबाटै उम्मेदवार बन्ने केन्द्रीय सदस्य किरण बिकको घोषणा

बुटवल-उज्यालो नेपाल पार्टीले लुम्बिनी प्रदेशमा संगठन विस्तारको कामलाई तीव्र बनाउने भएको छ ।पार्टीले आगामी दिनमा थप आक्रामक रूपमा गतिविधि अघि बढाउने तयारी गरेको जनाएको छ। पुस महिनाभित्र ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्दै पार्टीले लुम्बिनी प्रदेशमा आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउने घोषणा गरेको छ। बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज किरण बि।क।ले यो जानकारी दिएका हुन्।

केन्द्रीय सदस्य बि.क.का अनुसार कुलमान घिसिङको सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रममा ऊर्जा, पूर्वाधार र विकाससँग सम्बन्धित महत्वपूर्ण नीति तथा योजनाबारे छलफल हुनेछ। “पुसभित्रै रुपन्देहीमा ऊर्जा र विकास केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,” उनले भने, “यसलाई लुम्बिनी प्रदेशमै वैकल्पिक राजनीतिको नयाँ मोडको रूपमा लिने तयारी पनि गरिएको छ।”

उक्त अवसरमा बि.क.ले क्रिप्टोकरन्सी सम्बन्धी कानुन ल्याएर यसलाई वैधता दिने आवश्यकतामा जोड दिएका छन्। उनले भने, “साना–ठूला लगानीकर्ताले क्रिप्टोमा सुरक्षित रूपमा लगानी सुनिश्चित गर्न कानुनी वैधता अत्यावश्यक छ।

उनले उज्यालो नेपाल पार्टीले विकास, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डालाई केन्द्रमा राख्दै संगठन संरचनालाई थप सुदृढ बनाउने लक्ष्य लिएको स्पष्ट पारे। रुपन्देहीलाई आधार क्षेत्र बनाएर लुम्बिनी प्रदेशभर संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र गतिमा अघि बढाइएको उनले बताए।

पत्रकार सम्मेलनमा बि.कले आगामी निर्वाचनमा रुपन्देहीबाटै उम्मेदवार बन्ने घोषणा गर्दै आफू क्षेत्र नं. २, ३ वा ५ मध्ये कुनै एक क्षेत्रमा उम्मेदवारी दिन तयार भइरहेको बताए। उनले अहिले विभिन्न निर्वाचन क्षेत्रका जनता, स्थानीय संरचना तथा कार्यकर्तासँग निरन्तर संवाद भइरहेको र त्यसैको आधारमा क्षेत्र टुंगो लगाइने बताए।

उनका अनुसार पार्टीले रुपन्देहीका पाँचै जिल्ला निर्वाचन क्षेत्रका बस्ती–टोलसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ। सो क्रममा पार्टीप्रति जनसमर्थन र उत्साह बढ्दो क्रममा रहेको दाबी गर्दै उनले रुपन्देहीमा जिल्ला कार्यसमिति गठन भइसकेको र लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि चाँडै संगठन संरचना पूर्ण हुने जानकारी दिए। पार्टीमा सहभागी हुन इच्छुकलाई समेट्ने प्रक्रियाले केही ढिलाइ भएको भए पनि प्रक्रिया समावेशी र दिगो बनाउने उद्देश्य रहेको उनले प्रष्ट पारे।

यस क्रममा उनले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे पनि खुल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग तत्काल एकता सम्भव नभए पनि निर्वाचनमा गठबन्धनको ढोका खुला रहेको बताए। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउन प्रयास गरिरहेको उल्लेख गर्दै उनले आवश्यक परे उज्यालो नेपाल पार्टी पनि सो धारमा जोडिन सक्ने संकेत दिए।

पत्रकार सम्मेलनमार्फत उज्यालो नेपाल पार्टीले रुपन्देहीलाई संगठनात्मक र राजनीतिक गतिविधिको केन्द्र बनाउँदै लुम्बिनी प्रदेशमा शक्तिशाली राजनीतिक उपस्थितिको तयारी गरेको सन्देश दिएको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज किरण बि।क।ले  जानकारी दिएका हुन्।

प्रकाशित मिति : बुधबार, पुष ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij