आजको मौसम: तराईका केही ठाउँमा आज दिनभर हुस्सु र कुहिरो

आजको मौसम: तराईका केही ठाउँमा आज दिनभर हुस्सु र कुहिरो

काठमाण्डौ – तराईका केही ठाउँमा आज दिनभर हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा हुस्सु तथा मधेश प्रदेशमा कुहिरो लागेको छ ।

भोलि र पर्सि पनि तराईमा हुस्सु र कुहिरो प्रभाव कायमै रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आजराति गण्डकी प्रदेशको केही उच्च पहाडी भू–भागमा हल्का पानी र हिमपातको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । चिसोले विशेषगरी तराईरमधेशमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा पनि असर पुर्‍याएको छ ।

पुस लागेसँगै शुरू भएको चिसो थप बढेपछि सर्वसाधारण, पशुचौपाया तथा कृषि बाली सबैजसो क्षेत्र प्रभावित बनेको छ । काठमाण्डौ उपत्यकासहित देशका अरू ठाउँमा पनि चिसो छ ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij