६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू

६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू

रसुवा – ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू भएको छ । बिहान ७ बजेदेखि नेपाली ट्रकका चालक केरुङतर्फ जान शुरू गरेका हुन् ।

नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएको र यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएका रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

गएको असार २४ गते अगाडि सामग्री ल्याउन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरुङतर्फ प्रस्थान गरिसकेका सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताउनुभयो ।

ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द छ । ल्हेन्दे खोलाको बाढीले टिमुरेमा रहेको भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति हुनुका साथै रसुवागढी–स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न ठाउँमा नदीले कटान गरेको थियो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij