दाङ – लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका १२ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकेपछि आज लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षता र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता भएको विशेष समारोहका बीच प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पुष १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्