लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको दोस्रो बार्षिकोत्सव सम्पन्न

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको दोस्रो बार्षिकोत्सव सम्पन्न

तिलोत्तमा , लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, तिलोत्तमा रूपन्देहीले आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ आइतबार सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा ‘नेपालको उच्च शिक्षामा चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो, जसमा शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद्, प्रशासक तथा सरोकारवालाहरूले गहन छलफल गरेका थिए ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रो। डा। लेखनाथ शर्माले मुख्य कार्यपत्र प्रस्तुत गर्दै उच्च शिक्षाको वर्तमान अवस्था र भावी दिशाबारे धारणा राख्नुभयो । उहांले विश्व परिवेशअनुसार विश्वविद्यालयको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै अहिले पढाइरहेको पाठ्यक्रम आगामी दिनका लागि पर्याप्त नहुन सक्ने चुनौती औँल्याउनुभयो । “अब विश्वविद्यालय सुधारका लागि राज्य, समाज र शैक्षिक संस्थाहरू सबैको साझा प्रयास आवश्यक छ,” उहांले भन्नुभयो ।

कार्यक्रममा क्यानन स्कूलका प्राचार्य शंकर भण्डारीले देशभर कलेजहरूको संख्या बढे पनि विद्यार्थी संख्या घट्दै गएको यथार्थ प्रस्तुत गर्नुभएको थियो। उहांले शिक्षामा गुणस्तर र व्यवहारिकतामाथि ध्यान नदिए दीर्घकालीन असर पर्ने चेतावनी दिनुभयो।

कार्यपत्रमाथि टिप्पणी गर्दै वन तथा वातावरण विज्ञ दामोदर शर्मा, बुटवल बहुमुखी क्याम्पसका रिडर मेघराज शर्मा, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरी, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा। प्रकाश शर्मा, लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक रोम शर्मा, सिद्धार्थ इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख रामप्रसाद खरेल, शिक्षाविद् आनन्दमान शाक्य, अधिवक्ता गोविन्द मरासिनी, लिलाराम न्यौपाने माविका प्राचार्य तथा रुपकुमार रायमाझीले आ(आफ्ना धारणा राखे । उनीहरूले उच्च शिक्षामा लगानी बढे पनि विद्यार्थीहरू वैदेशिक शिक्षातर्फ आकर्षित हुनु चिन्ताजनक विषय भएको उल्लेख गरे ।

एकेडेमीका निर्देशक पुरन केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने निर्देशक सन्दिप कसौधनले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन संयोजक रामचन्द्र श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीले लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमा बी।एस्सी। फरेष्ट्री अध्यापन गराउने एकमात्र कलेज भएको बताउनुभयो । साथै, यहाँ पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत बी।ए।एल।एल।बी। कार्यक्रमसमेत सञ्चालनमा रहेको जानकारी गराइएको थियो ।

वार्षिकोत्सव कार्यक्रमले उच्च शिक्षाको गुणस्तर, पाठ्यक्रम सुधार र नीतिगत स्पष्टताको आवश्यकता औंल्याउँदै शिक्षामा समन्वय र नवप्रवर्तन अपरिहार्य रहेको सन्देश दिएको सहभागीहरूको निष्कर्ष थियो ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij