भैरहवा, नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माले अहिलेको यो संविधानलाई लयमा ल्याउनका लागि पनि अबको निर्वाचन समयमा हुन आवश्यक रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ११ औं स्थापना दिवसको अवसरमा सोमबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति पदयात्रापश्चात समारोहमा यस्तो बताउनुभएको हो ।
निर्वाचनलाई एकदमै भयरहित अवस्थामा सम्पन्न गर्नका लागि पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरेर नेपालको लोकतन्त्रलाई बलियो बनाउन र संविधानलाई संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
लुम्बिनी प्रेस क्लबको स्थापना दिवसको अवसरमा बुद्धको जन्मभूमि लुम्बिनीमा आयोजित शान्ति पदयात्रा कार्यक्रमले नेपालमा स्थायी शान्तिको लागि पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण छ भन्ने सन्देश जाने बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, पुष १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्