काठमाण्डाै – भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएका घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । लेखकसँग सोमवार र हिजो बयान लिएको आयोगले आज स्थानहद फुकुवा गरेको हो ।
यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको जनाएको छ । आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गाैरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिनुभएको हो ।
अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी रहेको छ । ओलीलाई झन्डै एक हप्ताको अवधि दिएर बयानमा बोलाउने योजना रहेको र उहाँका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।
अध्यक्ष कार्कीले आयोगको कार्यअवधि एक महिना थप भएको र एक महिनाभित्र काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस
प्रकाशित मिति : बिहिबार, पुष १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्