गुल्मीमा बस र मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो ,एकजना घाइते

गुल्मीमा बस र मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो ,एकजना घाइते

गुल्मी , गुल्मीको मालिका गाउँपालिका वडा नं . ६ अर्जै राम्चेमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पोखराबारीबाट राम्चे तर्फ गइरहेको लु ९ प ८१५० नम्बरको मोटरसाईकललाइ र राम्चेबाट पोखराबारी तर्फ गइरहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक नाबालक घाईते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाईकल चालक ३६ बर्षीय बसन्त अर्याल रहेका छन् । त्यस्तै मोटरसाईकलको पछाडि सवार ६० बर्षीय मनकला अर्यालको पनि मृत्यु भएको छ । मोटरसाईकलको पछाडि सवार ६ वर्षीय अनुभव गिरी सामान्य घाइते छन्। बोडिङ स्कुल बाट बनभोजका लागि हिडेको बस २० मिटर अघि बढेपछि मात्र मोटरसाईकलमा ठक्कर खाएको थियो ।

मोटरसाईकल चालक अर्याल अर्जै, छाप, घमिर, अमरपुर, ईस्मा क्षेत्रमा पठाओको काम गर्दै आएका थिए ।

दुर्घटनापछि बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इश्मा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक रामअचल न्यौपानेको कमाण्डमा ४ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार के।सी।को कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij