काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सक्रिय रूपमा राजनीतिमा संलग्न हुने मन्त्रीहरूलाई तत्काल पद छाड्न निर्देशन दिएकी छन्।
केही मन्त्रीहरू राजनीतिक गतिविधिमा लागिरहेको तथा दलगत कार्यक्रममा समेत सहभागी भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले उक्त निर्देशन दिएकी हुन्। देश अहिले संवेदनशील परिस्थितिमा रहेको उल्लेख गर्दै उनले जिम्मेवारी र आचरणप्रति गम्भीर हुन मन्त्रीहरूलाई आग्रह गरेकी छन्।
पछिल्लो समय उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता राजनीतिमा सक्रिय हुने तयारीमा रहेको चर्चा चलिरहेको छ। उर्जामन्त्री घिसिङ भने खुलेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहभागी भइसकेका छन्।
प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त विषय उठाएको र त्यसबारे छलफल भएको एक मन्त्रीले थाहाखबरलाई जानकारी दिएका छन्।
प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्