काठमाडौं , फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारमा कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुले बालबालिका प्रयोग गर्न नपाउने भएका छन्। स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ।
कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गराउने छ। यतिमात्रै नभएर उम्मेदवारी समेत रद्द हुने छ। आचारसंहिताको दफा ४८ को आचारसंहिता उल्लङ्घनमा हुने कारबाही ९१० मा भनिएको छ,‘कसैले यो आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ।’
यो आचारसंहिता माघ पहिलो साताबाट लागु हुने छ।
प्रकाशित मिति : बिहिबार, पुष २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्