काँग्रेसको नीति र नेतृत्व दुवै फेरौँ : गगन थापा

काँग्रेसको नीति र नेतृत्व दुवै फेरौँ : गगन थापा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भूमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्न नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताए।

उनले पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? भन्दै पार्टीको संस्थापन पक्षलाई प्रश्न गरे। उनले महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारे।

थापाले भने,  ‘भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन। त्यसकारण महाधिवेशन माग गर्नेहरूले भदौ २३ र २४ पछाडि ठूलो परिवर्तन भयो। यो परिवर्तन किन भयो? कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही, कहाँ गलत भयो ? यो सबैको विश्लेषण गरौँ। नीति पनि फेरौँ‚ नेता पनि फेरौँ। त्यसका निम्ति अधिवेशन गरौँ।’

उनले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रणा पठाएको पनि जानकारी दिए।

प्रकाशित मिति : बिहिबार, पुष २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij