फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

बुटवल,फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो। समिति अशोक कुवरको संयोजकत्वमा गठन गरिएको छ।
बैठकमा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सम्योजक नरेश कुमार श्रेष्ठले अनुगमन कडाइले व्यवसायिक अनुशासन कायम हुनुका साथै व्यवसायिक सफलतालाई थप उकास्ने बताए। दर्ता प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण कागजात तयार राखेमा संघका सदस्य तथा दर्तावाला व्यवसायीलाई कुनै घाटा नहुने उनको भनाइ थियो।

संघका अध्यक्ष जिवकान्त काफ्लेले घुमन्ते टोलीले काम लिँदा व्यवसायीहरू समस्यामा पर्ने गरेको गुनासो आइरहने बताए। फर्निचर नै उद्देश्य नभएका प्रतिष्ठानले फर्निचरसम्बन्धी काम गर्नु गलत भएको उल्लेख गर्दै निरन्तर अनुगमन भए मात्र फर्निचर व्यवसाय सुरक्षित हुने उनको धारणा थियो। साथै, बुटवलका १ देखि १९ वडासम्म संघकै नेतृत्वमा अनुगमन गर्ने अनुमति नगरपालिकाबाट प्राप्त भएकोमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुखप्रति धन्यवाद व्यक्त गरे। सीमापारीका झोले व्यापारीका कारण व्यवसायीलाई समस्या हुने गरेको उनले बताए।

अनुगमन समितिका संयोजक अशोक कुवरले अवैध रूपमा सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित आफ्नो नेतृत्वमा टिम गठन गरिएको बताए। नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा स्वतन्त्र रूपमा काम भइरहेका स्थानमा पुगेर वैध वा अवैध पहिचान गर्दै कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
अनुगमन समितिको सह–संयोजकमा सोनु गुप्ता रहेका छन्। सदस्यहरूमा रुद्र विक, आशिष गुरुङ, यज्ञ शर्मा, बज्रमोहन चौधरी, रामप्रसाद भट्टराई, बिनोद विक, मनोज थापा, पिताम्बर राना, भोजराज पाण्डे, टकबहादुर राफिल, गणेश राम, खगेन्द्र बुढामगर, चित्रबहादुर रानी, चन्द्रप्रसाद भण्डारी, गोविन्द सोमै, सोवित विक, अग्नि अग्रहरी र रोहित कुमार उमेर रहेका छन्।
सो अवसरमा सल्लाहकार बुद्धबहादुर शारु, निवर्तमान अध्यक्ष तेजप्रसाद पराजुली लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।
महासचिव खिमबहादुर खड्काका अनुसार २०५६ सालमा स्थापना भएको संघमा हाल १८३ जना व्यवसायी आबद्ध छन्।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij