पूर्णबहादुरको अपिल : पार्टी एकतामा असर पुग्ने गतिविधि नगर्नु

पूर्णबहादुरको अपिल : पार्टी एकतामा असर पुग्ने गतिविधि नगर्नु

काठमाडौं : नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमार्फत पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढ्ने देखेपछि कार्यवाहक सभापति खड्काले अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

उनले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेपछि आगामी बैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको पनि उल्लेख गरेका छन्।

‘तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’ उनले भनेका छन्‚ ‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’

आगामी फागुन २१ को निर्वाचन मार्फत् संविधानलाई लिकमा ल्याएर लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारु गर्न आवश्यक रहेको भन्दै उनले थपेका छन् ‘यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ ।’
615155953_1449270909893825_1963023191207900267_n-1768212996.jpg

प्रकाशित मिति : सोमबार, पुष २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij