काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ। संस्थापन पक्षले विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीसँग बालुवाटारमा वार्ता गरिरहेको हो।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्।
दुई पक्षबीच वार्ता शुरु भएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
प्रकाशित मिति : मंगलबार, पुष २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्